काठमाडौंः सरकार र विप्लव नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार र विप्लव समूहका प्रतिनिधि बीचका बैठक सकारात्मक रुपमा सम्पन्न भएको हो ।

वार्ता सकरात्मक दिशातर्फ गएको सरकारी पक्षको भनाइ छ । विप्लव समूहबाट चाहिँ औपचारिक प्रतिक्रिया आएको छैन ।

सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता विषय केन्द्रित भएको, दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।


।’

आजै बिहान पहिलो चरणको वार्ता भएको थियो । भोलि बिहीबार पुनः वार्ता हुने भनिएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १९ गते बुधबार, २०:११