काठमाडौंः सरिता सारु मगर ‘डाँगी’ को वास्तविक जिन्दगीमा आधारित ‘छैनौ तिमी’ गीतको मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सरिताले आफ्नो छोरा धिरजलाई गुमाएपछि उनको सम्झनामा यो म्युजिक भिडियो तयार पारिएको हो ।
गीतको भिडियोमा अल्पायुमै आफ्नो छोरा गुमाउनुको पिडालाई अतिनै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।
यस गीतमा स्वर चर्चित गायिका मेलिना राईको रहेको छ भने गीतका मनछुने शब्द सरिता सारु मगरले लेखेकी हुन् । गीतमा संगीत नविन कार्कीको रहेको छ भने संगीत संयोजन सुमन केसीले गरेका हुन् ।
म्युजिक भिडियोमा देशनरेश अधिकारी, कल्पना घिमिरे, सौरभ राई, युनिक राईको जिवन्त अभिनय देख्न सकिन्छ ।
। ज्ञानेन्द्र कोइरालाले छायांकन र सम्पादन गरेको भिडियोलाई देशनरेश अधिकारीको निर्देशनमा तयार पारिएको हो ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः शुक्रबार, असार १९, २०७७, १५:१३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook