काठमाडौंः समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । पार्टीले निष्कासन गरेपछि उनको सांसद पद पनि गएको छ ।

आज बसेको पार्टी पदाधिकारीको बैठकले गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा उनलाई कारबाही गरिएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।


पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् ।


प्रकाशित मितिः मंगलबार, असार २३, २०७७, २०:१३