दाङ्गः दाङ्गको लमही नगरपाीलका–७ सतबरियामा बुधबार राति सर्पदंशबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ९ वर्षीय सुगम लामा रहेको प्रहरीले जनाएको छ ।

राति पौने १० बजे लामालाई सर्पले डसेको थियो ।

प्रहरी चौकी सतबरियाका अनुसार सर्पले डसेर अचेत भएका बालकलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

 


प्रकाशित मितिः बिहीबार, असोज १६, ०९:३१