सर्लाहीः सर्लाहीको सदरमुकाम मलंगवामा आज बिहान एक पसलमा आगलागी भएको छ ।

मलंगवा–९ स्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयको सटरमा स्थानीय सहजान मिकरानीले सञ्चालन गरेको सिटी फुड सेन्टरमा आगलागी हुँदा २ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार, आज बिहान ५ः४५ बजे विद्युत् चुहावट भई भएको आगलागीबाट पसलभित्र रहेका फ्रिजलगायत सबै सरसामान जलेर नष्ट भएको छ ।

नेपाल प्रहरी र स्थानीयवासीको प्रयासबाट आगो नियन्त्रणमा आएको थियो ।


प्रकाशित मितिः शुक्रबार, असोज २४, १२:४६