सर्लाहीः इश्वरपुर नगरपालिका–११ मा मंगलबार साँझ अटो रिक्साको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा इश्वरपुर नगरपालिका–१ चौलिखाका २० वर्षीय श्याम महतो रहेको प्रहरीले जनाएको छ ।

सर्लाही प्रहरीका अनुसार, करमुहानबाट खैरातर्फ जाँदै गरेको प्रदेश २ ०३ २००१ स ०३१८ नम्बरको अटो रिक्साले विपरित दिशातर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटो मै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका एक जनाको वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा र अर्का एक जनाको लालगढ मेडिकल कलेजमा उपचार भइरहेको छ ।



प्रकाशित मितिः बुधबार, कार्तिक २७, ०९:५३