सर्लाहीः बरहथवा नगरपलिका–२ पन्चेमन्दिर स्थित भित्री सडकखण्डमा सोमबार राति मोटरसाइकल ट्याक्टरको टेलरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २५ वर्षीय सुनिल कुशुवर रहेका छन् ।

हजरियाबाट बरहथवा तर्फ आउँदै गरेको बा ३५ प ३०२७ नम्बरको मोटरसाइकल नम्बर नखुलेको ट्याक्टरको टेलरमा ठोक्किँदा घाइते भएका उनको एडभान्स संजिवनी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय हजरीयाले जनाएको हो ।


प्रकाशित मितिः २०७७ साल मंसिर २ मंगलबार, १३:११