सर्लाहीः हरिवन नगरपालिका–४ गणेश चोकमा सोमबार बेलुकी ट्रक र मोटरसाइकल एक  आपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी २२ वर्षीय रोशन भुजेल रहेको प्रहरीले जनाएको छ ।

ना ८ ख ८५२१ नम्बरको ट्रक र ना ४८ प १७०१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भुजेलको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २०, ०९:१७