सर्लाहीः लालबन्दी नगरपालिका–१७ घिमिरे चोकमा शनिबार बेलुकी दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रदेश २, ०३–००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा ६६८९ नम्बरको मोटरसाइकल चालक लालबन्दी–५ का ५० वर्षीय ब्रमदेव चौधरी र २३३ नम्बरका चालक रौतहटको इशनाथ नगरपालिका–७ का ५५ वर्षीय नन्द किशोर साहको मृत्यु भएको हो ।

उपचारको लागि अस्पताल लैजाने क्रममा दुबै जनाको बाटामै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका एक जनाको भने महेन्द्रनगरमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः आइतबार, साउन १८, २०७७, १०:३६