सर्लाहीः हरिवन नगरपालिका–४ मा आज बिहान बस पल्टिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने बसमा आएका अन्य १६ जना घाइते भएका छन् ।

पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आज बिहान पौने ५ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी १० मिटर तल पल्टिँदा महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृतक महिलाको सनाखन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नमुना अस्पताल र स्वाभीमान अस्पताल सर्लाहीमै उपचार भइरहेको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

बस चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ८ गते बिहीबार, ०९:५६