काठमाडौंः अयोध्याको विवादित जग्गा हिन्दुहरुको भएको भारतको सर्वोच्च अदालतले ठहर गरेको छ ।

राम मन्दिर बाबरी मस्जिद विवादमा भारतको सर्वोच्च अदालतले आज शनिबार निर्णय सुनाउँदै अयोध्याको विवादित जग्गा हिन्दुहरुको भएको ठहर गरेको हो ।

अदालतले सुन्नी मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउनका लागि पाँच एकड अलग्गै जग्गा उपलब्ध गराउन भनेको छ ।

विवादित जग्गा रामको मन्दिरको कि बाबरी मस्जिदको भन्ने विवाद थियो ।

शनिबार न्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय बेञ्चबाट अयोध्याको भूमि राम मन्दिरकै रहने फैसला सर्वसम्मतीले सुनाएको हो ।

 


प्रकाशित मितिः शनिबार, कार्तिक २३, १२:३६