काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ ।

कार्तिक २१ गते शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक आगामी कार्तिक २४ गते सोमबार दिउँसो १ बजेका लागि सारिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा कार्यसमितिको पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई समेत बैठकमा बोलाइएको मुख्यसचिव पौडेलले बताए ।

यसअघि गत असोज १९ गते केन्द्रीय समिति बैठक बोलाइएको थियो । नेताहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै असोज २५ गतेसम्मका लागि सारिएको थियो । त्यसपछि बैठक कार्तिक २१ गतेका लागि बोलाइएको थियो ।



प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, १९:०८