सल्यानः बनगाड कुपिण्डे नगरपालिका–३ मा आज अपरान्ह साढे ४ बजे ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक बामे बस्ने २१ वर्षीय लोकेश वि.क. रहेका छन् ।

भे २ त २७२ नम्बरको खाली ट्याक्टर दुर्घटना हुँदा चालक वि.क.को घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय देवस्थलले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २३ मंगलबार, २०:१६