सल्यानः मासु खाँदा घाँटीमा अड्किएपछि सल्यानको शारदा नगरपालिका १३ का ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको छ ।

सल्यानचौरस्थित स्थानीयको घरमा गएर मासु खाने क्रममा घाँटीमा अड्किएर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उपचारका लागि ल्याइएपनि जिल्ला अस्पताल सल्यानले उनलाई मृत घोषणा गरेको हो ।

शवको पोष्टमार्टम भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रकाशित मितिः आइतबार, वैशाख ७, १२:१५