काठमाडौंः गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ‘सल्लाघारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजेश शाक्यको शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ ।

भरपुर मनोरञ्जनले भरिएको नेपाली लोक भाकाको डान्सिङ गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

रामेश्वर हुँमागाईको छायांकन, विजयराज भुर्तेलको सम्पादन तथा देब धिमालको निर्देशन भिडियोमा रहेको छ ।

गीतको म्युजिक भिडियोमा फरिता खड्का र जिबेश सिंह गुरुङको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल फागुन २३ गते आइतबार, १६:२२