झापाः सवारी ज्यान मुद्दाका फरार एक जनालाई प्रहरीले १२ वर्ष पछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक झापाको तोपगाछी गा.वि.स.–९ हाल कमल गाउँपालिका–१ झापा बस्ने ५० वर्षीय अग्नि प्रसाद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पुनरावेदन अदालत इलामको मिति २०६५ साल श्रावण २२ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दा शिर्षकमा २ वर्ष कैद र रु. २ हजार जरिवाना फैसला भई हाल सम्म फरार रहेका उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई अदालतको आदेशले उनको पीसीआर परिक्षण भई रिपोर्ट नेगेटिभ आए पश्चात बाँकी कैद भुक्तानको लागी श्री कारागार कार्यालय चन्द्रगढी पठाउने पत्र– आदेश भए बमोजिम हाल उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको झापा प्रहरीका सूचना अधिकारी/प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
।
प्रकाशित मितिः २०७७ साल चैत १४ गते शनिबार, ०९:५४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook