काठमाडौंः घोराही–लमही स्थित सडकखण्डमा सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य उत्तर कुमार वलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सभामुख कृष्णबहादुर महरा अस्पताल पुगेका छन् ।

सभामुख महराले शनिबार बिहान मेडिसिटी हस्टिपल पुगी सांसद वलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

मेडिसिटी हस्पिटलको आइसियूमा उपचार भइरहेका सांसद वलीलाई उपचारमा कुनै कमी हुन नदिन सभामुख महराले अस्पताल प्रशासनलाई आग्रह गरेका छन् ।

डाक्टरहरुले सांसद वलीलाई धेरै चोट लागेको भए पनि खतरामुक्त रहेको र आइसियूमा राखेर उपचार भइरहेको सभामुख महरालाई जानकारी गराएका छन् ।


घाइते सांसद वलीलाई भेट्न नेकपा संसदीय दलका सचेतक तथा प्रतिनिधि सभाका सदस्य शान्ता चौधरी पनि सभामुख महरासँगै हस्पिटल पुगेकी थिइन् ।

 


प्रकाशित मितिः शनिबार, माघ २६, १४:१६