बुटवलः सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र हवलदार घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अन्सन्धान आयोग, सम्पर्क कार्यालय बुटवलको टोलीले विष्णुपुरा सशस्त्र प्रहरी बेस क्यापमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्र प्रसाद चौधरीलाई छ हजार घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुले भारतबाट भन्सार छलेर ल्याएको सामानमा मिलाइदिने भन्दै सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

उनीहरु दुवैलाई अख्यिारको बुटवल कार्यालयमा ल्याइएको छ ।



प्रकाशित मितिः बिहीबार, पुस १०, १६:२८