सुनसरीः केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ र प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सुनसरीको हरिनगर गाँउपालिका–६ घुस्कीस्थित कस्मिया मदरसामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।

केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले उक्त स्वास्थ्य शिविरको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरेकी थिइन् ।

नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौं र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीको सहयोगमा बिहीबार र शुक्रबार सो शिविर संचालन भएको हो ।

नेपाल एपीएफ अस्पतालबाट खटिएका सशस्त्र प्रहरी उपरीक्षक डा. मिना कुँवर जोशीको कमाण्डमा रहेका २२ जना स्वास्थ्यकर्मीबाट जेनेरल फिजिसियन, नाक, कान, घाँटी, आँखा र स्त्री तथा प्रशुती रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो ।


उक्त शिविरमा १ सय ८६ जना पुरुष र ३ सय २८ जना महिला गरी ५ सय १४ जनाको स्वास्थ्य जाँच गर्नुको साथै निःशुल्क रुपमा औषधी बितरण गरिएको थियो ।


प्रकाशित मितिः २०७७ साल माघ ३० गते शुक्रबार, २१:५६