काठमाडौंः प्रधानसेनापति पूर्णचन्द्र थापाले हालसालै बढुवा भएका नेपाली सेनाका सहायक रथी सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधानसेनापति थापाले दुवैलाई आज जंगी अड्डामा एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकले ढकाल र खड्कालाई सहायक रथीमा बढुवा गरेको थियो ।

दर्ज्यानी चिन्हसँगै ढकाललाई पूर्वी पृतना हेडक्वार्टर र खड्कालाई राष्ट्रिय सुरक्षा परिषदमा पदस्थापन गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।

कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका ४ जना महा–सेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।



प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १४:०६