काठमाडौंः सांसदहरुलाई पनि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइने भएको छ ।

संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो ।

सरकारले महामारीविरुद्ध अग्रपङ्गतिमा खटिएका स्वास्थ्यकर्मीलगायतलाई पहिलो प्राथमिकताप्राप्त समूहको पहिलो चरण गत माघ १४ देखि २४ सम्म सञ्चालन गरेको थियो ।

सांसद तथा संसद सचिवालयका कर्मचारीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।

पचपन्न वर्ष उमेरभन्दा माथिका सबै व्यक्तिका लागि यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान सुरु हुनेछ ।



प्रकाशित मितिः २०७७ साल फागुन १६ गते आइतबार, १७:४२