काठमाडौंः नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

बिहीबारसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णयसमेत आज बसेको कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको हो ।

पोखरा महानगरपालिका–७, कास्कीका केसीको सोमबार राति निधन भएको थियो ।

केसीको निधनमा कांग्रेस केन्द्रीय समितिले शोक प्रस्ताव पारित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

साथै १९ गते कार्यालयहरु बन्द गर्ने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।



प्रकाशित मितिः २०७७ साल कार्तिक १८ मंगलबार, १७:५७