काठमाडौंः प्रमुख विपक्षी दल नेपाली कांग्रेससहित तीन राजनीतिक दलले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्नेलाई कारबाही गर्न माग गरेका छन्

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठकले सांसद डा. यादवलाई अपहरण शैलीमा जनकपुरबाट काठमाडौं ल्याउनेहरुलाई कानुनी कारबाहीको माग गरेको हो ।

बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाका उपेन्द्र यादव र शरतसिंह भण्डारी तथा राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी जारी विज्ञप्तिमा भनिएको छ, ‘यता अपराधिका कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन माग गर्दछ ।


।’

तीन दलले लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिँदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएका निष्कर्ष निकालेका छन् ।

बैठकले कोरोना भाइरसको संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस् कार्ययोजना सरकारले दिन सकेको छैन । यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न बैठकले माग गर्दछ ।

वैशाख १५, २०७७

संयुक्त वक्तव्य

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठक आज बस्यो । उक्त बैठकमा निम्नानुसार उपस्थिति थियो ।

नेपाली कांग्रेस : श्री शेरबहादुर देउवा, श्री रामचन्द्र पौडेल, श्री विमलेन्द्र निधि, श्री विजयकुमार गच्छदार, डा. शशांक कोइराला, श्री पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, श्री गोपालमान श्रेष्ठ, श्री प्रकाशमान सिंह, श्री विश्वप्रकाश शर्मा र श्री राधेश्याम अधिकारी ।

जनता समाजवादी पार्टी, नेपाल : श्री महन्थ ठाकुर, डा. वावुराम भट्टराई, श्री उपेन्द्र यादव, श्री राजेन्द्र महतो, श्री महेन्द्र यादव, श्री शरदसिंह भण्डारी,  श्री अशोक राई र श्री राजेन्द्र श्रेष्ठ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी : डा. प्रकाशचन्द्र लोहनी ।

बैठकले निम्न लिखित निर्णय गरेको छ ।

(१) लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ । हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

(२) सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन् । यस्ता अपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गर्दछ ।

(३) कोरोना भाइरसको संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस् कार्ययोजना सरकारले दिन सकेको छैन । यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछ । साथै, कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिव्रता दिन यो बैठक माग गर्दछ ।

नेपाली कांग्रेस
श्री शेरबहादुर देउवा, सभापति

जनता समाजवादी पार्टी, नेपाल
श्री उपेन्द्र यादव
श्री शरतसिंह भण्डारी

राष्ट्रिय प्रजातन्त्र पार्टी
डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष


प्रकाशित मितिः सोमबार, वैशाख १५, २०:२४