काठमाडौंः काठमाडौं महानगरपालिका–३१ कारेश्वर मन्दिर नजिक सांसद झपट बहादुर रावल बस्ने घरमा ढुङ्गा प्रहार गरेको अभियोगमा २ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर बस्ने रामेछाप गोकुल गाउँपालिका–१ घर भएका २२ वर्षीय मनोज तामाङ र ललितपुर इमाडोल बस्ने पाँचथरको फिदिम नगरपालिका–१० याङ्नाम घर भएका २४ वर्षीय नसिम लिम्बु रहेका छन् ।

सांसद रावल बस्ने घरमा बुधबार राति अपरिचित व्यक्तिहरु अनाधिकृत रुपमा प्रवेश गरी ढुङ्गामुढा गर्ने कार्य संलग्न रही फरार रहेका उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ३ गते शुक्रबार, १०:५२