काठमाडौंः सरकारले साउनबाट मन्त्रिपरिषद्को बैठक ‘स्मार्ट’ बनाउने तयारी सरकारले गरेको छ । सञ्चार प्रविधिको प्रयोग र दक्षता अभिबृद्धि तथा कागजी फाईल बोक्ने परम्परा अन्त्यका लागि भन्दै सरकारले ‘स्मार्ट क्याविनेट’को सुरुवात गर्न लागेको हो ।

प्रधामन्त्री केपी शर्मा ओलीले जेठ १३ गते सदनमा ‘स्मार्ट क्याविनेट’ बनाउने उद्घोष गरेका थिए । जसलाई सरकारले व्यवहारमा रुपान्तरण गर्न लागेको हो । दावी गरिएअनुसार साउनदेखि मन्त्रीहरुले मन्त्रिपरिषद्को बैठकमा कागज प्रयोग गर्ने छैनन् ।

अहिले फाइल च्यापेर मन्त्रिपरिषद् बैठकमा सहभागी हुने हरेको मन्त्रीसँग ल्यापटप हुने छ ।


। मन्त्रीहरुले आ–आफ्ना मन्त्रालयसँग सम्बन्धित प्रस्ताव बैठक अगाबै मेल गर्ने । र, बैठकमा पनि ल्यापटप हेरेरै प्रस्ताव गर्नेछन् । प्रधानमन्त्रीले पनि बैठकका एजेण्डा बैठक अगाबै ‘इमेल’मार्फत दिनेछन् ।

मन्त्रीहरुका लागि आवश्यक ल्यापटप व्यवस्था गर्न प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरुलाई पत्राचार गरिसकेको छ । हाल मन्त्रीहरुले बैठकका प्रस्ताव कागजी रुपमा प्रधानमन्त्री कार्यालयमा बुझाउने गरेका छन् ।

डिजिटल माध्यमको प्रयोग बढाईनु आफैमा राम्रो पक्ष हो । विश्व समुदायले प्रविधिमा छलाङ मार्दै गर्दा हामी भने मन्त्रीले ल्यापटप प्रयोग गर्ने विषयलाई पनि ‘न्यूज’ बनाउनु पर्ने नियतिमा छौं ।