काठमाडौंः नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तेस्रो दिन आज मंगलबार २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ ।

आज काठमाडौं र पोखरा गरि कुल १५ खेलको प्रतिस्पर्धाबाट २० स्वर्णको टुङ्गो लाग्नेछ ।

सागको दोस्रो दिनसम्म नेपाल १५ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ ।

सागमा आज एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट (महिला र पुरुष), साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथोलन पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।



प्रकाशित मितिः मंगलबार, मंसिर १७, ०६:३०