काठमाडौंः नेपालले जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा थप १ वटा स्वर्ण पदक जितेको छ ।

योसँगै नेपालले हालसम्म १० वटा स्वर्ण पदक जितेको छ ।

नेपाल करातेमा थप १ स्वर्ण पदक जितेको हो ।

नेपालका विप्लब लाल श्रेष्ठले करातेको व्यक्तिगत पुरुष कुमुतेतर्फ स्वर्ण जितेका हुन् ।

सातदोबाटोस्थित कराते हलमा विप्लबले ८४ केजी तौल समूहमा पाकिस्तानका मोहमम्द वजलाई ६–५ ले हराउँदै स्वर्ण जितेका हुन् ।

यो पनि पढ्नुहोस् ।


प्रकाशित मितिः सोमबार, मंसिर १६, १५:५५