काठमाडौंः नेपालले जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा थप २ वटा स्वर्ण पदक जितेको छ ।

योसँगै नेपालले हालसम्म ९ वटा स्वर्ण पदक जितेको छ ।

नेपाल तेक्वान्दोमा थप २ स्वर्ण पदक जितेको हो ।

२३ देखि २९ वर्ष उमेर समूहको तेक्वान्दोको पुम्सेमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन् । यस स्पर्धामा श्रीलंकाले रजत र भारतले कास्य जितेको छ ।

यसैगरी २९ वर्ष उमेर समूहको तेक्वान्दोको पुम्सेमा नेपालकी आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् । यस स्पर्धामा भारतले रजत र श्रीलंकाले कास्य जितेको छ ।

यो पनि पढ्नुहोस् ।


प्रकाशित मितिः सोमबार, मंसिर १६, १५:१५