काठमाडौंः नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको भोलिपल्ट सोमबार १५ स्वर्ण जितेको छ ।

सागको औपचारिक उद्घाटन भएको सोमबार १२ विधाको खेल भएकोमा नेपालले कराँतेमा ७, तेक्वान्दोमा ७ र ट्रायथोलनमा १ गरी कूल १५ स्वर्ण पदक जितेको छ । त्यस्तै नेपालले ३ रजत र ६ कास्य पदक जितेको छ ।

तेक्वान्दोमा नेपालले १३ इभेन्टमा प्रतिस्पर्धा गर्दा ७ स्वर्ण पदक जितेको नेपालले १ रजत र ५ कास्य पदक जितेको छ । त्यस्तै करातेमा प्रतिस्पर्धा गरेको ९ मध्ये नेपाली खेलाडीले ७ वटामा स्वर्ण पदक जिते । २ खेलाडीले रजत जितेका छन् । त्यस्तै नेपालले पोखरामा भएको ट्रायथोलनमा १ स्वर्ण र १ कास्य पदक जितेको छ ।


१३ औं सागका स्वर्ण पदक विजेता

स्वर्ण पदक

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी) – लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

कराते (४५ केजी मुनी)– कुसुम खड्का

कराते (५० केजी मूनि) अनु अधिकारी

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

ट्रायथलन – सोनी गुरुङ

रजत पदक

कराते (एकल काता) – चन्चला दनुवार

तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

कास्य पदक

तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

ट्रायथलन – बसन्त थारु


प्रकाशित मितिः मंगलबार, मंसिर १७, ०६:१२