काठमाडौंः नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्ने २० सदस्यीय नेपाली महिला फुटबल टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टिमको घोषणा गरेको हो ।

टोलीका मुख्य प्रशिक्षक हरि खड्काले ३० जनाबाट अन्तिम २० जनाको छनोट गरेका थिए ।

राष्ट्रिय महिला फुटबल टोली

गोलकिपर – अन्जली तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ

रक्षक – गिता राना, पुमना जर्घा मगर, आरती जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु, पुजा राना

मिडफिल्ड – रेणुका नगरकोटी, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जली योन्जन, विमला चौधरी

फरवार्ड – सवित्रा भण्डारी , निरु थापा (कप्तान) , अनिता केसी

अफिसियल:

सहायक प्रशिक्षक – अरुणा गुरुङ

गोलकिपर प्रशिक्षक – अस्मिता खवास

मुख्य प्रशिक्षक – हरी खड्का


प्रकाशित मितिः शनिबार, कार्तिक २३, १०:०७