काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुलकोर्ट बास्केबलमा नेपाली टोली सेमिफाइनलबाटै बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको आज भएको सेमिफाइनलमा नेपाल भारतसँग १०७–५८ ले पराजित हुँदै बाहिरिएको हो ।

पहिलो क्वार्टरमा ३०–१० ले पछि परेको नेपालले दोस्रो क्वार्टरमा २३–२३ को बराबरी खेलेको थियो । तेस्रो क्वार्टरमा १९–६ ले पछि परेको नेपालले चौथो तथा अन्तिम क्वार्टर ३५–१९ ले गुमाएको थियो ।

यसैगरी नेपाली महिला टोलीले सेमिफाइनलमा आजै साँझ माल्दिभ्ससँग सेमिफाइनल खेल्नेछ ।

यो पनि पढ्नुहोस् ।



प्रकाशित मितिः सोमबार, मंसिर २३, १४:३९