काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानले बंगलादेशलाई हराएको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा भुटानले बंगलादेशलाई १–० ले हराएको हो ।

भुटानका लागि कप्तान चेन्चो ग्याल्सेनले निर्णायक गोल गरे ।

खेलको ६५ औं मिनेटमा कप्तान ग्याल्सेनले गोल गर्दै भुटानले तीन अंक जोडेको छ ।

सागअन्तर्गत पुरुष फुटबलमा ५ राष्ट्रको सहभागिता रहेको छ ।


प्रकाशित मितिः सोमबार, मंसिर १६, १६:१८