काठमाडौँ: १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालकी सर्वाधिक पदक विजेता पौडीवाज गौरिका सिंहले ५९ लाख रुपैयाँ नगद पाउने भएकी छिन् । उनले चार स्वर्ण, दुई रजत र तीन काँस्य दिलाएवापत उक्त पुरस्कार पाउने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले जानकारी गराएका हुन् ।

सरकारले पदक विजेता खेलाडीहरुलाई विशेष पुरस्कार घोषणा गरेपछि यसबारे अन्यौल भइरहँदा सिलवालको भनाई बाहिर आएको हो । एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीले ११ लाखका दरले पुरस्कार पाउने तय गरिएको थियो ।

गौरिकाले व्यक्तिगत तर्फ चार स्वर्ण र दुई रजत जितेकी हुन् ।


प्रकाशित मितिः मंसिर २६, बिहिवार, १४:१४