काठमाडौंः साझा पार्टीको प्रवक्तामा शरदराज पाठकलाई नियुक्त गरिएको छ ।

साझा पार्टीको केन्द्रीय सचिवालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्ता नियुक्त गरिएको जानकारी दिएको छ ।

उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका थिए ।

ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए ।


प्रकाशित मितिः शनिबार, असोज २४, २०७७, १७:२२