बेइजिङ : चीनको औपचारिक भ्रमणका लागि बेइजिङमारहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको द्विपक्षीय भेटका अवसरमा बुधबारराष्ट्रपति सीले चिनियाँ रेल छिट्टै काठमाडौँसम्म पुग्ने बताएका हुन ।

पिपुल्स ग्रेट हल अफ द पिपुलमा भएको भेटमा चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौँसम्म पुग्ने कुरामा आफू आशावादी रहेको बताए ।

भेटपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै हामीले सिगात्से, ल्हासाहुँदै केरुङसम्म पु¥याउन लागेको रेल नेपालको सीमाबाट काठमाडौँ पुग्ने विश्वास मैले लिएको बताए।

आगामी अगस्तसम्ममा पूर्वसम्भाव्यता अध्ययन पूरा गरी सिधै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने भेटमा तय भएको जानकारी मन्त्री ज्ञवलीले पत्रकार सम्मेलनमा दिए ।


उनले चीन नेपालमा ग्यास तथा पेट्रोलियम पदार्थको उत्खननमा समेत सहयोग गर्न तत्पर रहेको सो अवसरमा जानकारी गराएका थिए ।
पत्रकारले रेल कहिले काठमाडौँ पुग्छ ?  भन्ने प्रश्नमा ज्ञवालीले भने पूर्वसम्भाव्यता अध्ययनपछि सिधै डीपीआरमा जाँदा त्यसका लागि एक डेढ वर्ष लाग्न सक्छ, त्यसपछि निर्माण सुरु गर्ने हो भने अबको छ साढे छ वर्षमा चिनियाँ रेल काठमाडौँ पुग्नसक्छ ।

तर रेल निर्माणको कुरा पूरै चीनलाई दिने भन्दा पनि हामीले पनि त्यसमा केही लागनी गर्दा राम्रो हुनसक्छ भन्ने मेरो बुझाइ हो । आजको गोरखापत्र दैनिकमा समचार छ ।