काठमाडौंः साढे ३३ किलो सुन काण्ड र सनम शाक्य हत्याकाण्डमा मुछिएका २८ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

मंगलबार थुनछेक बहस सकिएपछि मोरङ जिल्ला अदालतले यस्तो आदेश दिएको हो । पुर्पक्षका लागि जेल चलान हुनेमा  पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, भुजुङ गुरुङ, डीएसपीद्वय सञ्जय राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायत छन् ।

मोरङ जिल्ला अदालतमा करिब एक महिना लामो बहसपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

त्यसैगरी प्रहरी हवलादर विष्णुबहादुर खड्कालाई अदालतले १५ हजार धरौटी लिएर तारेखमा रिहा गरेको छ भने अर्का अभियुक्त अम्बहादुर थापा भने साधरण तारेखमा रिहा भएका छन् ।