काठमाडौंः साढे ३३ किलो सुन तस्करी र सनम हत्याका मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती ‘गोरे’ को बयान सुरु भएको छ ।
जिल्ला अदालत, मोरङमा बुधबारबाट गोरेको बयान सुरु गरिएको छ। उनले न्यायाधीश नारायण शर्माको इजलासमा बयान दिने जनाइएको छ ।
उप्रेती मंगलबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ गरि विराटनगर लगिएको थियो ।
यसअघि मंगलबार मात्रै प्रकरणका ३० अभियुक्त मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो । त्यसमध्ये एक जना धरौटीमा छुटेका छन् भने एक जनालाई सामान्य तारेखमा छाडिएको छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook