काठमाडौंः साढे ३३ किलो सुन र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरी सार्वजनिक गरिएको छ ।

गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको हो ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले गोरेलाई उनलाई मंगलबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । उनले  सुन तस्कर काण्ड जेरी जस्तै जेलिएकाले गहन अनुसन्धान गर्नुपर्ने बताए ।

उनलाई थप अनुसन्धानका लागि अब छिट्टै विराटनगर पठाइने पौडेलले बताए।


। सुन काण्डका बारेमा गोरेबाट थप सूचना मिलेको र यसले अनुसन्धानमा मद्धत मिल्ने पनि उनले बताए।

उप्रेती मोरङ उर्लाबारी –७ का हुन्। उनी काठमाडौं गाौरीघाटमा बस्दै आएका थिए। फरार उप्रेतीलाई पक्राउ गर्न मोरङ प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएको थियो।

पत्रकार सम्मेलन मार्फत गरेलाई सार्वजनिक भिडियो