विराटनगरः साढे ३३ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले झापा दमकका मोतिराम श्रेष्ठ र विनोद अधिकारीलाई पक्राउ गरेको जनाएको छ । अधिकारीलाई झापाको दमक र श्रेष्ठलाई दोलखाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरु तस्करीको सुनको पैसा कारोबारमा संलग्न भएको प्रहरीको भनाइ छ ।

पक्राउ गरिएका दु्बैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगिएको छ । दमक ९ निवासी अधिकारीले दमकमा न्यु सिद्धकाली मनी ट्रान्सफर सञ्चालन गरेका छन् भने श्रेष्ठ पनि मनि ट्रान्सफर सञ्चालक हुन ।