काठमाडौंः नेकपा (एमाले) ले सांसद सानु शिवाको निधनपछि रिक्त स्थानमा जानकीदेवी रामलाई सांसद बनाउने निर्णय गरेको छ ।

समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित शिवाको मृत्यु भएपछि उनको ठाउँमा जानकीदेवीलाई सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्र पठाएको हो ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्र पठाएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सांसद सानु शिवाको २८ असोज २०७७ मा मृत्यु भएको थियो ।

निर्वाचन आयोगमा प्रतिनिधि सभातर्फ बन्दसूचीको उम्मेदवारमा नाम समावेश दलित महिला तर्फकी धनकुमारी सुनारले पार्टी परित्याग गरी अर्को पार्टी प्रवेश गरेकाले प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा ३० (१) बमोजिम उनको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको हो ।


धनकुमारीले पार्टी छडेकाले सानु शिवाको स्थानमा जानकीदेवी रामलाई निर्वाचित गर्न लेखी पठाएको ओलीले उल्लेख गरेका छन् ।


प्रकाशित मितिः २०७७ साल चैत १७ गते मंगलबार, १५:४३