काठमाडौंः बंगलादेशमा तय भएको १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्ष (सन् २०२१) पछि धकेलिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण साफ च्याम्पियनसिप एक वर्ष धकेलिएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप एक वर्ष सार्ने निर्णय गरेको हो । साफ च्याम्पियनसिप यो वर्षको सेप्टेम्बरमा हुने तय थियो ।

साफको सदस्य सात राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानका फुटबल संघका महासचिवसँग सोमबार जुम मार्फत गरेको छलफलपछि साफ अर्को वर्ष आयोजना गर्ने निर्णय गरेको हो ।

उमूह समूहका प्रतियोगिताका विषयमा भने अर्को बैठकमा छलफल हुने बताइएको छ ।



प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, ०८:२१