काठमाडौंः साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बंगलादेशमा हुने भएको छ ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मंसिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनिएको साफ फुटबलको नयाँ मिति गरेको हो ।

यस्तै, बैठकले साफका उमेर समुहका प्रतियोगिताको मिति समेत टुङ्गो लगाएको छ ।

निर्णय अनुसार महिलाका यू–१६ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने र यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन हुने भएको छ ।


त्यस्तै, पुरुषतर्फको यू–१५ अक्टोबर १ देखि १० सम्म सञ्चालन गर्ने निर्णय भएको छ ।

यस्तै, पुरुषकै यू–१५ अक्टोबर १ देखि १० सम्म र यू–१८ अक्टोबर १५ देखि २४ सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

यी प्रतियोगिता सञ्चालन हुने स्थान भने तय गरिएको छैन ।


प्रकाशित मितिः २०७७ साल पुस १४ गते मंगलबार, १२:३८