काठमाडौंः भुटानको थिम्पुमा जारी तेस्रो साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताको पहिलो खेलमा भारतसँग ४–१ पराजित नेपालले आज दोस्रो खेलमा पहिलो संस्करणको विजेता बंगलादेशसँग खेल्न लागेको हो ।

यी दुई देशबीचको खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने दबाब छ ।

आजै हुने अर्को खेलमा भारतले भुटानसँग खेल्नेछ ।

 


प्रकाशित मितिः शुक्रबार, असोज २४, ०७:३६