काठमाडौंः जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले सामाजिक संजालमा अश्लिल, आपत्तिजनक सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने गरेको अभियोगमा नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने प्युठान झिन्द्रुक गाउँपालिका–७ घर भएका १९ वर्षीय नबिन बस्नेतलाई आज प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसवुकमा च्बउभच ब्ककयअष्बतष्यल (बलात्कारी संगठन) नामक पेज तथा समूह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य भईरहेको भन्ने बिभिन्न माध्यमबाट प्राप्त सूचना तथा निवेदनको आधारमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न बस्नेतलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) समेतको सहयोगमा नवलपरासी, कावासोतीबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।


सामाजिक सञ्जालमा बलात्कार दुरुत्साहन गर्ने, महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव, शिष्टाचारविरुद्धको सामग्री पोस्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य विद्युतिय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर भएकाले प्रहरीले उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको प्रहरी बरिष्ठ उपरीक्षक अर्यालले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज ३० शुक्रबार, २०:१२