भारत र पाकिस्तानबीच कश्मीरबारे चल्दै आएको द्वन्द्वको छायाँ अहिले दुई देशका क्रिकेट खेलाडीहरूबीच सामाजिक सञ्जालमा पनि देखिएको छ।
पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी र भारतका पूर्वप्रारम्भिक ब्याट्स्म्यान गौतम गम्भीरले ट्विटरमा कश्मीरबारे वादविवाद र घोचपेच गरेका छन्।
मङ्गलवार अफ्रिदीले भारतको अधीनमा रहेको कश्मीरमा परिस्थिति ूभयावह र कष्टप्रदू रहेको बेला राष्ट्रसङ्घ कता छ भन्ने आशयको ट्वीट गरेका थिए।
प्रतिक्रयास्वरूप गम्भीरले अफ्रिदीको केटाकेटी बुद्धिु भन्दै उनको शब्दकोषमा उनले युएनलाई क्रिकेटमा जस्तै १९ वर्षमुनि उमेर भनी बुझेको भन्दै कटाक्ष गरे।
।
अफ्रिदीले भारतमा दमनकारी शासनव्यवस्था भन्दै भारतप्रशासित कश्मीरमा भएको पछिल्लो हिंसा रोक्न संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेपछि खेलाडीहरूबीच विवाद सुरु भएको हो।
तर गम्भीरले अफ्रिदीले कश्मीरको परिस्थिति नबुझेको भन्दै खण्डन गरे।
प्रत्युत्तरमा अफ्रिदीले भारतीय प्रशंसकहरूसँग खिचेको आफ्नो तस्बिरसहित लेखे, हामी सबैलाई सम्मान गर्छौँ। र यो एउटा खेलाडीको उदाहरण हो। तर मानवाधिकारको सन्दर्भमा हामी निर्दोष कश्मीरीहरूका लागि उस्तै अपेक्षा गर्छौँ।
पछिल्लो समयमा कश्मीरका बारे अरू पाकिस्तानी खेलाडीहरूले पनि टिप्पणी गरेका छन्।
पूर्वखेलाडी एवम् राजनीतिज्ञ इमरान खानले सोमवार एउटा ट्वीट लेख्दै राष्ट्रसङ्घलाई हस्तक्षेप गर्न आग्रह गरेका बीबीसीले जनाएको छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook