काठमाडौंः सामाजिक सुरक्षा कोषमा ठूला रोजगारदाता उद्योग प्रतिष्ठान सूचीकरणमा आउने क्रम बढेको समाचार आजको गोरखापत्रको अर्थ बजारले क पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, सरकारले सामाजिक सुरक्षा कार्यविधि संशोधन गरेर खुकुलो बनाएर कार्यान्वयनमा ल्याएसँगै ठूला रोजगारदाता प्रतिष्ठान सूचीकृत हुन आउने क्रम बढेको हो ।

नेपालमा निजी क्षेत्रको तर्फबाट एउटैबाट धेरैलाई रोजगारी दिँदै आएको चौधरी समूहमा कार्यरत १० हजार योगदानकर्ताले योगदान गरिरहेकामध्ये नौ सयभन्दा बढ िसूचीकृत भएको र बाँकी गराउने क्रममै रहेका छन् ।

यस्तै, सूचीकृत हुनेमा ठूलो रोजगारदाता प्रतिष्ठानमा गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल, बोटलर्स नेपाल, जगदम्बा स्टील, शिवम् सिमेन्ट, युनिलिभर, नोवल मेडिकल कलेज, मेडिकेयर अस्ूपताल र नर्भिक अस्पताल रहेका छन् ।



प्रकाशित मितिः बुधबार, भदौ २५, ०७:३२