काठमाडौंः भारतको लोक प्रिय टेलिभिजन कार्यक्रम ‘सारेगमप’ का पहिलो रनर अप, चर्चित गायक प्रितम आचार्यको सुमधुर आवाजमा ‘म पागल सरी’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

अमेरिकाको इन्टर नेसनल फ्रेन्ड्स बार रेस्टुरेन्ट फेएर फिल्ड, ओहिओमा एक कार्यक्रम बीच गीतको भिडियो सार्बजनिक गरिएको हो ।

संगीतकार शशि विक्रम थापाको सुमधुर संगीतमा सजिएको उक्त गीतको शब्द प्रभाकर देव शर्माको रहेको छ । गीतको संगीत संयोजन पनि संगीतकार शशि बिक्रम कै रहेको छ ।

गीतको भिडियोलाई रुपेश उप्रेतीले निर्देशन गरेका हुन् । भिडियोको छायांकन र सम्पादन योगेन थापाले गरेका छन् ।


। मुकेश अधिकारी, गोमा बास्कोटा, निश्चल अधिकारी, लिजा बास्तोला साथै आयुष रिजालको अभिनय रहेको उक्त गीतलाई अमेरिकाको विभिन्न ठाउँमा छायांकन गरिएको छ ।

एल डी बास्तोलाले लगानी गरेको उक्त गीत ‘हाम्रो आफ्नै टि भी’ नामक युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्ः

 


प्रकाशित मितिः २०७७ साल कार्तिक २९ शनिबार, २०:२२