काठमाडौंः सार्वजनिक सवारी साधनमा युवतीलाई लक्षित गरी हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने एक युवक पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने युवकलाई चितवनबाट पक्राउ गरेको हो । तर हस्तमैथुन गर्ने युवक भने फरार रहेको प्रहरीले बताएको छ ।

गत वर्षको मंसिरमा राजधानीमा चल्ने सार्वजनिक बसमा एक युवकले हस्तमैथुन गरेर युवतीको कपालमा विर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड भएको थियो ।

प्रहरीले यस घटनाका सम्बन्धमा आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ ।


प्रकाशित मितिः मंगलबार २९ पौष,, ०८:४२