काठमाडौंः काठमाडौं चन्द्रागिरी नगरपालिका–११ सतुङ्गलबाट प्रहरीले सालकको खपेटासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे चौरीदेउराली गाउँपालिका–१ घर भई हाल भक्तपुर सूर्यबिनायक बस्ने ३४ वर्षीय बिन्दु बहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनलाई जाँच गर्दा झोलामा लुकाइ छिपाइ राखेको एक थान सालकको खपटासहित पक्राउ गरेको हो । फेला पारेको हो ।

खड्कालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाडौं पठाइएको वृत्तले जनाएको छ ।


 


प्रकाशित मितिः बिहीबार, असोज १६, १२:०५