हेटौंडाः मकवानपुर प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१ का ३० वर्षीय गौरव गौतम, कृष्णबहादुर गोले र वडा नम्बर ११ का ४८ वर्षीय सूर्य लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार साँझ हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट दुई किलो १९० ग्राम खपटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।

पक्राउ परेको तीनैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा चलाउने तयारी रहेको उनले बताए ।


५ लाखदेखि १० लाखसम्म जरीवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुने कानुनी प्रावधान रहेको छ ।


प्रकाशित मितिः मंगलबार, माघ ७, १२:१०